punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा एक नेपालीले श्रीमतीको गुप्ताङमा छेडेर ताला लगाएपछि…

Chaupati
safha napa

धनगढी । नेपालको अछाम जिल्ला ढकारी गाउँपालिकाका एक युवकले भारतमा आपसी विवादपछि आफ्नो श्रीमतीको गुप्ताङ्गमा छेडेर ताला लगाएको घटना सार्वजनिक भएको छ ।

भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१ बाझकोटका उपेन्द्र हुड्केले आफ्नो श्रीमतीको गुप्ताङमा छेडेर ताला लगाएका हुन् । विभिन्न आरोप लगाउँदै आक्रोशित बनेका उपेन्द्रले श्रीमतीको गुप्ताङ्गमा ताला लगाएको खुलेको त्यहाँ रहेको नेपालीहरुले बताएका छन् ।

घटनाको १५ दिनपछि महिलाको पुरै शरीर सुन्निएपछि अस्पतालमा पुर्याउँदा घटना सार्वजनिक भएको हो । उपचारका लागि पुणेको पिंपरी चिन्चवड थेर गाउँ हस्पिटलमा लगिएपनि हष्पिटलले थप उपचारका लागि त्यहाँको अर्को आईसीएम हस्पिटलमा पठाएको छ।

घटनापछि श्रीमान फरार रहेको अवस्थामा अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले नियन्त्रणमा लिएर पोलिस प्रशासनलाई बुझाउने तयारी गरेको छ ।


३ जेठ २०८१, बिहीवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु