अचम्मको जनजाति, जहाँ बिहेको दिनमा मात्रै नुहाउँछन्
काठमाडौँ । जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिल्कुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन् ।
आज नामिबियाको एउटा यस्तो जनजातीको कुरा गर्नेछौं, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो । यहाँको जंगलमा संसारको सबैभन्दा फरक देखिने हिम्बा जनजाति बस्छ ।
द गार्डियनका अनुसार नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन्। यी मानिसहरू शताब्दीयौं देखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन्।
विशेषगरी गाई, भेडा र बाख्रा पालेर उनीहरुले आफ्नो जीवन बिताउँछन् । यस जनजातिमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा यी हिम्बाहरू बाहिर बस्छन् र शिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन्। जहाँ महिलाले घरको हेरचाह गर्ने र खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।
हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । यहाँ एक पुरुषलाई एक पटक भन्दा बढी विवाह गर्न अनुमति दिइएको छ। भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउँने गर्छन् ।
तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो। वास्तवमा हिम्बा मानिसहरूले यो रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन्।
तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन्। यही कारण उनीहरुको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ ।
२२ वैशाख २०८१, शनिवार १६:१६ बजे प्रकाशित