माधवपछि वामदेवले पनि छाडे ओलीको साथ

नेकपा एमालेबाट माधव नेपालपछि उपाध्यक्ष वामदेव गौतमले पनि अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्ने भएका छने । उनले राजीनामा दिने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो विचार नमिल्ने भन्दै उनले उपाध्यक्ष पदबाट राजीनामा दिन लागेका हुन् ।

यसअघि आन्तरिक विवादका कारण एमाले केपी ओली समूह र माधवकुमार नेपाल समूहमा विभाजित हुँदा वामदेव तटस्थ बसेका थिए । अहिले नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ता गरिसकेका छन् ।

पार्टी विभाजन हुँदा एमालेभित्रका नेताहरु कुनै ओली तिर गए भने कुनै नेपालतिर । वामदेव भने चुपचाप नै बसे । अहिले वामदेवले ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै उपाध्यक्ष पदबाट राजीनामा दिने बताइरहेका छन् ।

उनले अब आफुले एक दुई दिनभित्रै उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । वामदेवले यसअघिको स्थायी कमिटी बैठकमा आफुले अध्यक्ष ओलीलाई अब म तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको बताएका छन् ।

राजीनामापछि अब वामदेव के गर्लान भन्ने चासो सबैमा भएको छ । अहिले वामदेव नेता नेपालको नयाँ पार्टीमा लाग्छन् या लाग्दैनन् भन्ने कुरा खुलिसकेको छैन । उनले यसअघि माधव नेपाल र झलनाथ खलालले नयाँ पार्टी दर्ता गरेर उहाँहरुसंगै लाग्ने बताएका थिए ।


१० भदौ २०७८, बिहीवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु