punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल मालदिभ्ससँग भिड्ने

Chaupati
safha napa

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ। ८ अक्टोबरमा भारतसँग खेल्ने नेपालले चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।

समूहका शीर्ष स्थानमा रहने दुई टोलीले १३ अक्टोबरमा उपाधिका लागि खेल्नेछन्। साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन। भारतले भने हालसम्म ७ पटक च्याम्पियनसिपको उपाधि उचालेको छ।आगामी अक्टोबर १ देखि १३ सम्म च्याम्पियनसिपमा बंगलादेश, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्काले स्पर्धा गर्नेछन्।

च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छ।च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ। मैत्रिपूर्ण खेल काठमाडौको दशरथ रंगशालामा २ र ५ सेप्टेम्बरमा हुनेछ।

बन्द प्रशिक्षणमा रहेका टोली
किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डांगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अविशेष रिजाल, शिशिर लेखी।


२ भदौ २०७८, बुधवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु