punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै

Chaupati
safha napa

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले लाई बताएका छन्।

उनले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि सुक्खा पहिरो खस्न थालेपछि आइतबारदेखि नदी आंशिकरूपमा थुनिएको बताए । पहिरो साउनको ५ गतेदेखि खस्न थालेको रुडीका स्थानीयवासी कर्म विकले बताए ।

उनले भने, “पहिरो त साउनको ५ गतेदेखि खस्न थालेको हो, पहिरो खस्न थालेपछि रोपाइँ पनि रोकियो र पहिरोसँगै कुलो खसेपछि रोपाइँसमेत गर्न पाएनौँ, थोरै–थोरै झर्दै थियो, आजभोलि अझै धेरै सुक्खा पहिरो खस्न थालेको छ ।”

पहिराले खानेपानीको लाइन तल झरेपछि गाउँमा खानेपानीको हाहाकार भएको विकले बताए । गाउँमाथि र तलबाटै निरन्तर पहिरो खस्न थालेको विकको भनाइ छ । निरन्तर सुक्खा पहिरो खसेपछि रुडीका १५५ परिवार पहिराको उच्च जोखिममा छन् ।

जगन्नाथ गाउँपालिकाको केन्द्र पारि स्वामीकार्तिक खापर गाउँपालिका–१ को छुद्दरी नजिकै भिर फुटेर कर्णाली नदी पूर्णरूपमा नथुनिए पनि आशिंकरूपमा थुनिदै आएको रोजगार संयोजक जोशीको भनाइ छ । नदी थुनिएर ताल पर्दै गएको छ, पारिपट्टिबाट निरन्तर पहिरो खस्न थालेपछि जगन्नाथ गाउँपालिका कार्यालय, प्रहरी चौकी पिलुचौरलगायतका नदी आसपासका बस्ती जोखिममा रहेको उनले बताए ।

उनका अनुसार पानी धेरै आएको छैन, तर चट्टान फुटेर पहिरो खसिरहेको छ । सुक्खा पहिराले त यति जोखिम भएको छ । लगातार पानी प¥यो भने झनै खतरा हुने जोशीको भनाइ छ । यस वर्ष सिँचाइ कुलो बगाएपछि उक्त स्थानका बासिन्दाले खेती गर्न पाएनन् । यसले गर्दा खाद्य सङ्कट हुने सम्भावना रहेको अध्यक्ष शाहीले बताए ।

तीन दिनदेखि निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–१, जगन्नाथ गाउँपालिका–२ र ३ नं वडालगायत नदी तटीय क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले आग्रह गरेको छ । रासस


१ भदौ २०७८, मंगलवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु