punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा हुलाकी सडक बाढीले बगायो

Chaupati
safha napa

कैलाली  । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ । बिहीबार रातिदेखि परेको भारी वर्षाबाट कान्द्रा नदीको बहाव बढेसँगै सो सडक बगाएको स्थानीयले बताएका छन ।

तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति ०६६/६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाअन्तर्गतको सो सडक कान्द्रा नदीको बहाबले बगाएको हो ।लालबोझीको झण्डै एक सय मिटरभन्दा बढी सडक बगाउँदा स्थानीयहरुले खेतमा बनाइएको आलीबाट हिँड्डुल गरिरहेका छन्।

स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए ।  उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए ।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो । ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन । अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा अघि बढाइएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिंगरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ । कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन्।


३१ साउन २०७८, आइतवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु