punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी

Chaupati
safha napa

सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि जनगणनाको सबै काम स्थगित गरेको थियो । अहिले पनि कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यस वर्ष फागुनदेखि चैतभित्र जनगणनाको काम सम्पन्न गर्न सकिने अनौपचारिक छलफल भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले आगामी चैतसम्ममा सबै नेपालीले खोप लगाइसक्ने र सोही समयभित्र जनगणनाका काम पनि सम्पन्न गर्ने गरी अहिले अनौपचारिक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गणकहरूले घर घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकाले कोरोनाको वृद्धि दरमा कमी नआएसम्म जनगणनाको काम सम्पन्न गर्न कठिन हुन्छ।’

यस वर्षभित्र जनगणना सम्पन्न गर्न नसके सरकारलाई वास्तविक तथ्याङ्कको अभावमा नीति र योजना बनाइ कार्यान्वयन गर्नमा समस्या हुनेछ । उहाँले यसले समग्र पक्षमा प्रभाव पार्ने भएकाले ढिलोमा यस वर्षभित्रै जनगणना गरिसक्नुपर्ने बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा जनगणनाको बाँकी काम सम्पन्न गर्ने गरी एक अर्ब ६० करोड रुपियाँ बजेटमार्फत विनियोजन गरिसकेको छ । विभागले सम्भव भएसम्म यसअघि जनगणनाका काम जहाँबाट रोकिएको थियो सोही स्थानबाट बाँकी काम गर्ने जनाएको छ ।

यस वर्ष हुने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ । यसबीचमा विभागले ७७ जिल्ला तथा सातवटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याइसकिएको, जनगणनाका लागि आठ हजार जना सुपरिवेक्षक छनोट भइसकेका छन् ।

तिनै सुपरिवेक्षकबाट जनगणनाको काम गर्ने र उनीहरू नआए वैकल्पिक सूचिमा भएका सुपरिवेक्षकलाई छनोट गरेर जनगणनाको काम गर्ने विभागले जनाएको छ । त्यस्तै ३९ हजार जना गणक छनोट हुने प्रक्रियामा छन् ।

विभागले राष्ट्रिय प्रशिक्षक सहजकर्ता, प्रदेश तथा जिल्ला जनगणना अधिकारीको तालिम, प्रदेशस्तरीय मुख्य प्रशिक्षक, स्थानीय जनगणना अधिकारीको तालिम सञ्चालन गरिसकेको छ । गोरखापत्र


३० साउन २०७८, शनिवार ०७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु