सेती अस्पतालमा ४२ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १५१ नमूनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १०९ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् ।
हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन्। अस्पतालमा २ जना भेन्टिलेटर, ५ जनाको आसीयुमा उपचार भइरहेको छ ।
२९ साउन २०७८, शुक्रवार १४:४२ बजे प्रकाशित































