punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य

Chaupati
safha napa

बिहीबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अघिल्लो दिन छापावाला सुन ८८ हजार ८ सय तथा तेजाबी सुन ८८ हजार ३५० रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी अघिल्लो दिनको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


२८ साउन २०७८, बिहीवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु