punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राति ८ बजेपछि सवारी साधन चलाउने नपाइने

Chaupati
safha napa

आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय पुनस् काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ ।

 


२८ साउन २०७८, बिहीवार ०९:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु