अवरुद्ध महाकाली राजमार्ग खुलाइयो
लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग खुलाइएको छ।राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो।
दुईवटा जेसीबी प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन्।
पहिरो पन्छाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले जानकारी दिए।
२६ साउन २०७८, मंगलवार १९:०८ बजे प्रकाशित













