punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटना : छानबिन समितिको टोली बैतडीमा

Chaupati
safha napa

महाकाली नदीमा जयसिंह धामी बेपत्ता घटना छानबिन गर्न गठित टोलीले मंगलबार बैतडीमा छलफल गरेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त टोलीले बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफल गरेको हो।

बेपत्ता रहेका जयसिंहको खोजतलास गर्ने विषयमा छलफलमा भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए।

१२ दिनसम्म पनि उनको अवस्था अज्ञात रहेकाले खोजतलासमा तीव्रता दिने विषयमा छलफल भएको हो। महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ।

उक्त टोलीले बैतडीको महाकाली नदी किनार झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो। उनले भने, ‘अन द स्पट गृहको टोली खोजी गर्न झुलाघाट क्षेत्रमा पुग्यो, भेटिएनन्।’

बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन्। भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ।

उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा खोजी गर्ने भएको छ। छलफलपश्चात् गृहको टोली बैतडीबाट फर्किएको छ।

समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ।

भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन्। बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ।

सरकारले घटना छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली बनाएको थियो।

जसमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन्।

साउन १९ गते दार्चुला पुगेको उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो।

टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो।लीले घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

छानबिन समितिलाई घटनाको प्रतिवेदन बुझाउने समय साउन २७ सम्म रहेकोमा ७ दिन थप गरिएको छ।

 


२६ साउन २०७८, मंगलवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु