punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण अभियान सुरु गरिँदै

Chaupati
safha napa

अछाम । चौरपाटी गाउँपालिकाले साउन २९ गते पुनः रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ । ”३६४ दिन आफ्नो कामको लागि उठौ, एक दिन वातावरण संरक्षणका लागि जुटौ” भन्ने नाराका साथ गाउँपालिकाले रिचार्ज पोखरी बर्ष मनाउन लागेको हो ।

बर्षभरी आफ्नो ब्यक्तिगत काम गरे पनि एक दिन वातारण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर वस्तुभाउ र चराचुरीको संरक्षण हुने हुदाँ गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए ।

रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाईदा नदेखिए पनि विस्तारै केही वर्ष पछि यस्तो प्रभाव देखिने उनको दावी छ । मुख्य गरि पानीको मुहान माथी पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाडाँमा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिक आईरहेका जंगली जनावर, पशुपंक्षीको आहार जंगलमै भेटिने भएकोले पनि खेतिपातीको संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदको भनाई छ ।

गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेको अभियानले साना ठुला रिचार्ज पोखरी गरी सात वटै वडामा ७ हजार ५० बढी रिजार्ज पोखरी निर्माण गरिसकेको छ । गत साल कोरोना भाईरस कोभिड १९ का कारण अभियान सुरुवात गर्न नसके पनि यो बर्ष साउन २९ गतेलाई रिचार्ज पोखरी निर्माण अभियानको रुपमा अगाडी बढाईने अध्यक्ष साउदले जानकारी दिए ।

अध्यक्ष साउँदले  गाउँपालिकाका सात वटै वडामा अभियान एकै दिन सुरुवात हुने हुदाँ  सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, कर्मचारी, राजनितिक दल, समाजसेवी बुद्विजिवीलाई हात हातमा रिचार्ज पोखरी निर्माण सामाग्री लिएर सहभागी भई सहयोग गरिदिन दिन अनुरोध गरेका छन ।


२५ साउन २०७८, सोमवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु