१६ वर्षीय बालकले बचाए खोलामा बग्दै गरेको बालक, यसरी पाए सम्मान
बझाङमा एक १६ बर्षीय बालकले खालामा बग्दै गरेको बालकलाई बचाएका छन् ।
जिल्लाको सुर्मा गाँउपालिका–४ का ओकिल बोहराका १२ वर्षीय छोरा जयराज बोहराको ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय बालक लालबहादुर पुन मगरले बचाएका हुन् ।
शनिबार दिउँसो बाउली खोलामा बनेको बसपार्क नजिकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।
सेती नदी र बाहुली खोलाको दोभान नजिकै फुटबल खेलिरहेका पुन मगरले खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएका हुन् ।
आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्लासहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुलेसमेत मगरलाई केही नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
२४ साउन २०७८, आइतवार ११:२९ बजे प्रकाशित






























