Hotel Flora Long Ad

अछाममा विद्यालय भवन निर्माणमा अनियमितताको आरोप

अछाम । अछाममा विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ ।

तुर्माखाद गाउँपालिका-६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै उक्त योजनामा सांसद र प्राविधिकलाई समेत रकम खुवाएर विद्यालयले अनियमितता गरेकाले छानबिन गर्न माग गरेका हुन् ।

उनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा विद्यालय भवन निर्माणका लागि दिएको २० लाख र मर्मत शीर्षकको पाँच लाखमा सांसद र प्राविधिकले रकम असुलेको दाबी गरेको छन् ।

विद्यालयले फर्जी रुपमा दस्खत किर्ते गरेर पेस गरेको, मर्मत सम्भार शीर्षकको पाँच लाख रकम भुक्तानी नदिएर हिनामिना गरेकाले निष्पक्ष रुपमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले विद्यालय भवन निर्माण र मर्मतको योजनामा अनियमितता भएको भन्दै निवेदन प्राप्त भएकाले छानबिन गरिने बताए । तर विद्यालयका प्रधानाध्यापक प्रकाशकुमार न्यौपानेले भने उजुरी झुठो भएको दाबी गरेका छन् ।

उनले उजुुरकर्ताको दाबीअनुसार कुनै खालको अनियमितता नभएको दाबी गर्दै बदनाम गराउने उद्देश्यले झुठो उजुरी दिइएको बताए ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले विद्यालय भवन निर्माण र मर्मतको योजनामा अनियमितता भएको भन्दै निवेदन प्राप्त भएकाले छानबिन गरिने बताए ।


११ साउन २०७८, सोमवार १२:०६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु