punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मलाका लागि न्याय माग्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पेस

Chaupati
safha napa

तीन वर्षअघि बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

निर्मला पन्तका अभिभावकसहित नागरिक संघर्ष समितिले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएको हो ।

निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताइन् । साथै आजै बेलुका निर्मलाको आत्माको शान्तिका लागि महेन्द्रनगर बजारको मदनचोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि तय गरिएको उनले जानकारी दिइन् ।

घटना भएको तीन वर्ष पूरा भइसक्दासमेत निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान गर्न सकिएको छैन । अझैसम्म पनि वास्तविक दोषीको पहिचान खुल्न सकेको छैन ।


१० साउन २०७८, आइतवार १५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु