punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसदीय समितिमा माधव नेपाल र ओली पक्षका सांसदबीच चर्काचर्की

Chaupati
safha napa

काठमाडौं । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको संसदीय समितिमा एमालेका नेताहरुबीच नै भनाभन भएको छ । आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसदहरुबीच संसद पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो ।

बैठकमा एमालेका वरिष्ठ नेता माधकुमार नेपालले संसद पुनःस्थापना भएको भन्दै खुसी व्यक्त गरे । उनले ठूलो संघर्षबाट संसद पुनःस्थापना भएको बताए । नेता नेपाल लगायतले बोलेको केही समयपछि ओली पक्षीय सांसद नारदमुनि रानाले बोलेका थिए ।

रानाले बोल्ने क्रममा नेता नेपालप्रति कटाक्ष गर्न थाले । उनले संसद चाहनेहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको बेला कहाँ गएका थिए भनी प्रश्न गरे । साथै उनले यो संसद जनताले नभई अदालतले पुनःस्थापना गरेको बताए ।

रानाले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा सुतेर बस्ने अनि संसद चाहिन्छ भन्ने ? यो संसद अदालतले ल्याएको हो जनताले होइन । यसको जिम्मेवारी वरिष्ठ नेताले लिनुपर्छ ।’ यसरी नेपालसहित अन्य नेताहरुलाई कटाक्ष गर्न थालेपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न सुरु गरे ।

आक्रोशित हुँदै नेता नेपाल र भट्टले रानालाई ‘प्रतिगमनको मतियार बाहिर जानुस्’ भनेर झपारे । नेपाल र भट्टसँगै कांग्रेसका सांसदहरुले पनि प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोल्ने भन्दै रानामाथि खनिएका थिए ।


१० साउन २०७८, आइतवार १५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु