विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड २५ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड नाघेको छ ।बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १८ करोड २५ लाख ६५ हजार १२४ पुगेको छ ।

बितेको २४ घण्टामा ३ लाख ७२ हजार ७७२ संक्रमित थपिएका छन् । सोही अवधिमा ७ हजार ६०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ लाख ५३ हजार ४६८ पुगेको छ ।१६ करोड ७१ लाख ६६ हजार ३२५ जनाले कोरोनालाई जितेका छन् । बितेको २४ घण्टाको अवधिमामात्र ४ लाख ९ हजार ६४१ जना कोरोनामुक्त भएका छन् ।

अहिले विश्वमा १ करोड १४ लाख ४५ हजार ३३१ जना सक्रिय संक्रमित छन् । जसमध्ये ७९ हजार ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।


१६ असार २०७८, बुधवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु