punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका एक दम्पतीद्धारा सटर भाडामा डेढ महिनाको सत प्रतिशत छुट दिने

Chaupati
safha napa

धनगढीका एक दम्पतीले व्यवसायिक प्रयोजनका लागि लिँदै आएको सटर भाडामा डेढ महिनाको सतप्रतिशत छुट दिने घोषणा गरेका छन्।  मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उनकी पत्नी कुर्मा मिश्र दाहालले धनगढीको साल्ट ट्रेडिङ अगाडि रहेको ‘धनगढी सुपर मार्केट’ मा रहेका सटरहरुको भाडा लकडाउनको डेढ महीना अवधिको सत प्रतिशत छुट दिने निर्णय गरेका हुन्।

मिश्र दम्पतीले ती सटरबाट मासिक २ लाख भाडा उठाउँदै आएका थिए। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लागू गरिएको लकडाउनमा व्यवसायीहरूले व्यापार गर्न नपाएकोले वैशाख र जेठको भाडामा राहत पुगोस् भनेर सो निर्णय गरिएको उनीहरूले बताएका छन्।

सुपर मार्केटमा व्यवसाय गरिरहेका दीपक वाच सेन्टरका संचालक दीपक मण्डल र गोकर्ण पौड्र्लले भाडामा भएको छुटले राहत पुगेको बताए। मिश्र दम्पतीले यस अघिपनी कोरोना भाइसरका कारण भएको लकडाउनमा तीन महिनाको भाडामा ५० प्रतिशत छुट दिएका थिए । त्यस्तै मिश्र दम्पतीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउन्डेसनलाई एक लाख रूपैयाँ, महिला होल्डिङ्ग सेन्टरलाई १ महिनाको राशन तथा पोषण खाना सहयोग गरेका थिए।


१६ असार २०७८, बुधवार ०९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु