punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा शुक्रबार ४० जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा शुक्रबार कोरोना भाइरस संक्रमितका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ।यस्तै १०३ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा १०५८ नमुना परीक्षण गरिएको छ। जसमध्ये ४० जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा १०५ जनाको नमूना परीक्षण गर्दा १४ जना, डडेल्धुरा अस्पतालमा ५ जनाको नमूना परीक्षण गर्दा १ जना र माहाकाली अस्पताल प्रयोगशामा ५ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५८ हजार ८८७ नमुना परीक्षण गर्दा ४३ हजार ४४२ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।

 


११ असार २०७८, शुक्रवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु