कैलालीमा असार १ गतेदेखि सबै पसल खुल्ने
कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार बिहान ११ बजेसम्म सम्पुर्ण पसल खोल्न सकिने जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले असार १ गतेदेखि सात दिनसम्म सबै पसल खोल्न दिने निर्णय भएको बताए ।
उनले खरिदविक्रीका लागि जाने क्रममा सवारी साधन प्रयोग गर्न नपाईने बताए । यस्तै विवाहको लागि यसअघि सम्म सात जना सहभागी हुन पाईने थियो भने अब १० जना र दुई वटा सवारी साधन प्रयोग गर्न मिल्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कोरोना नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञालाई पनि एक साता लम्बाउने तयारी प्रशासनको छ
३० जेठ २०७८, आइतवार १९:१२ बजे प्रकाशित






























