ओलीको वक्तव्य अलमलाउन आएको होः रामकुमारी झाक्री
काठमाडौं । एमाले नेत्रृ राम कुमारी झाक्रीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाट आएको पार्टी एकताको वक्तव्य एकता नहुने डिजाइनका साथ आएको बताईन । यसमा भ्रममा नपर्न पनि उहाँले सबैलाई आग्रह गर्नु भएको छ ।
मिडियामा आएको ओलीको वक्तव्य पढेर आफूलाई खुशी लागेपनि एक पक्षबाट आएको यो वक्तव्यले पार्टी एकता जोगाउन नसक्ने झाक्रीको ठहर छ ।
यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ, झाक्रीले फेसबुकमा लेखेकी छिन ।
यस्तै ४ नम्बर बुँदामा हस्ताक्षर फिर्ता गरिनेछ भन्ने उल्लेख भएपनि संविधानलाई क्रियाशिल गराउन संसद पुनस्थापना नभएसम्म हस्ताक्षरण फिर्ता नहुने उनले स्पष्ट पारीन ।
साथै यस विषयमा स्थायी कमिटीको बैठक बसेर धारणा तय गर्ने पनि झाँक्रीले बताईन ।
आइतबार ओलीले पार्टी एकताका लागि पार्टीलार्ई २०७५ जेठ ३ गतेकै अवस्थामा फर्काउने घोषणा गर्नु भएको थियो
२४ जेठ २०७८, सोमवार ०९:१५ बजे प्रकाशित






























