punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभामा आजबाट प्रि बजेटको छलफल

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आज आइतबारदेखि प्रि बजेट छलफल हुने भएको छ। जेठ २१ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं अधिवेसन अन्तरगत आजदेखि आउँदो आर्थिक वर्षको बजेटबारे प्रि बजेट छलफल हुने भएको हो।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उदेश्य, प्राथमिकताहरु संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए । केही दिन प्रि बजेट छलफल चल्ने बताउँदै सभामुख थापाले संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था रहेको बताए।

त्यस्तै २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ। तर पछिल्लो राजनीतिक किचलो र महामारीका कारण नीति तथा कार्यक्रम ल्याउनमा भने ढिलाइ गरिएको छ।


२३ जेठ २०७८, आइतवार ११:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु