punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एमालेका सांसद बोहराले मागे मुख्यमन्त्री भट्टको राजीनामा

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा मागेका छन् ।

उनले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुँदा माओवादी नेतृत्वको सरकार अल्पमतका परेकोले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘पार्टीले समर्थन फिर्ता लिइसकेका कारण यो सरकार स्वाभाविक रुपमा अल्पमतमा परेको छ । अल्पमतका सरकारका प्रमुख मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ’ उनले भने ।
उनले आफूहरूलाई प्रतिपक्षी बस्ने ठाउँको व्यवस्था हुनुपर्ने बताएका छन् ।

‘यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसेको छ’ उनले भने, ‘नेकपा एमाले प्रतिपक्ष भएको छ । प्रतिपक्ष बेन्चमा बसाइको व्यवस्थापनको लागि पनि म आग्रह गर्दछु । ’


२१ जेठ २०७८, शुक्रवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु