punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जातीय भेदभावविरुद्धको दिवसमा राष्ट्रिय सभाध्यक्षकाे शुभकामना

Chaupati
safha napa

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना दिनुभएकाे छ ।

मानव सभ्यताको कलंकका रुपमा रहेको यस अमानवीय कु-प्रथालाई अन्त्यको घोषणा गर्दै नेपाल सरकारले २०६३ देखि जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस घोषणा गरेको थियो। त्यसपति नै उक्त दिनलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ।

सभाध्यक्ष तिमिल्सिनाले मुलुकको शासन व्यवस्थाको परिवर्तन मात्र होइन कानूनी तथा सामाजिक रुपमा रहेका सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, हिंसा, अन्धविश्वास, बञ्चितिकरण, बहिष्करण, अपमान तथा अमानवीय व्यवहारहरुलाई हाम्रो संविधान र कानूनले अन्त्य गरेको बताउनुभएकाे छ ।

‘नेपालको संविधानको प्रस्तावनामा नै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हकअन्तर्गत समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हक र दलितको हकको व्यवस्था गरिएको छ,’ उहाँले सन्देशमा भन्नुभएकाे छ, ‘संघीय संसदमार्फत नेपालको संविधान बमोजिम, यस्ता खालका आपराधिक क्रियाकलाप तथा व्यवहारहरुलाई दण्डनीय बनाउने तथा उत्पीडित समुदायका अधिकारहरुलाई सुरक्षित गर्दै बिना भेदभाव सम्मानीत जीवनयापन गर्ने वातावरण तयार गर्नका लागि आवश्यक सबै कानूनहरु निर्माण गरिसकेका छौं।’

संविधान तथा कानूनमा रहेका व्यवस्थाहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न, मानवीय तथा सामाजिक विकासका अवरोधका रुपमा रहेका सबै प्रकारका हिंसा, अन्याय, अत्याचार, जातीय छुवाछूत तथा भेदभाव, उत्पीडन, बञ्चितिकरण तथा सामाजिक बहिष्करणहरुको अन्त्य गर्दै मानवीय मूल्य, मान्यता र समानतामा आधारित सभ्य र समतामूलक समाज निर्माण गर्न जातीय भेदभाव तथा छुवाछूतको पीडामा परेका निश्चित व्यक्ति, परिवार तथा समुदाय मात्र नभएर हरेक व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै लाग्नु पर्ने आजको आवश्यकता रहेको उहाँकाे ठहर छ ।


२१ जेठ २०७८, शुक्रवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु