Alok

सुनचाँदीको मूल्य बृद्धि, प्रतितोला कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ९५ हजार रुपैयाँको नजिक पुगेको हो ।

बुधबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार ९०० रुपैयाँमा कारोबार गर्न सकिनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत बढेको हो । बुधबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।


२० जेठ २०७८, बिहीवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु