punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना महामारीबीच भारतमा शक्तिशाली समुद्री तुफान, कम्तीमा २० जनाको मृत्युु

Chaupati
safha napa

भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफान आएको छ । समुन्द्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्।

अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा टकराएको छ।

दोहोरो सङ्कट

कोभिड-१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ।

सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो।

तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो।

सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो।

गुजरात एवम्‌ छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन्।

कोभिडका मामिला दुवै राज्यमा केही समययता घटिरहेका छन्। तर पनि त्यसले पारेका घातक असरहरू अझै अनुभूत भइरहेका छन्।

फसेकाहरूको उद्धार

यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले शनिवार साँझ बताएको थियो।

उसले उद्धारका दुईवटा बेग्लाबेग्लै अनुरोधहरूको सुनुवाइ गर्दैछ। एउटा तटभन्दा १७० किलोमिटर पर तेल क्षेत्रमा रहेको बार्जबाट र अर्को तटभन्दा १४ किलोमिटर पर रहेको पानीजहाजबाट उद्धार गरिनुपर्ने बताइएको छ।

यसैबीच करिब दुई लाख मानिसलाई तल्ला तटीय क्षेत्रबाट सारेर आश्रयस्थलमा पुर्‍याइएको छ।
त्यसो गर्दा आगामी साताहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने चिन्ता गरिएको छ।

साथै केन्द्र सरकारले कैयौँ तटीय नगरहरूमा खोप वितरण स्थगन गरेको छ। अस्पतालहरूले पनि थप चुनौती बेहोरेका छन्।

सप्ताहान्तमा तुफानका कारण आएका वर्षाले केरला, कर्नाटक एवम् गोआ राज्यमा ६ जनाको ज्यान गएको थियो।

महाराष्ट्रमा सोमवार थप ६ जनाको ज्यान गएको थियो। घरहरू भत्किएको एवम् बिजुलीको लाइन बिग्रिएको बताइएको छ।

सो क्षेत्रमा सन् १९९८ मा आएको तुफानका कारण ४ हजार मानिसको ज्यान गएको थियो। बीबीसी


४ जेठ २०७८, मंगलवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु