टिकटक बनाउन भन्दै भीरमा गएपछि…

टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।

धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको सुमोमा चढेका उनी हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भीरमा टिकटक बनाउन थालेको प्रहरीले जनाएको छ। टिकटक बनाउँदै गर्दा भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए।

घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी भीमप्रसाद दाहालले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


२४ वैशाख २०७८, शुक्रवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु