कोरोनाबाट कैलालीमा शुक्रबार ४ जना मृत्यु

कोरोना संक्रमणबाट कैलालीमा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार जिल्लामा चार जना संक्रमितको मृत्यु भएको जनाएको हो ।

प्रशासनकाअनुसार कोरोना संक्रमणबाट जिल्लाको घोडाघोडी नगरपलिका वडा नम्बर १ का ५७ वर्षीया महिला, गोदावरी नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुष, धनगढी उप(महानगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र पर्वत स्थायी घर भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ माइती आएकी ७६ वर्षीया महिलाको मृत्यु भएको छ।

 


२४ वैशाख २०७८, शुक्रवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु