सेती प्रादेशिक अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारको क्रममा रहेका कैलालीका तीन जनासहित थप चार जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
धनगढीका ८१ वर्षीय पुरुष, ५८ वर्षीया महिला र जोशीपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यस्तै बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको उनले जानकारी दिए ।
२३ वैशाख २०७८, बिहीवार १६:४६ बजे प्रकाशित













