सेती प्रादेशिक अस्पतालमा मात्रै ३६९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा मात्रै थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। जसमध्ये ११७ जना धनगढीमा मात्रै छन्।
यस्तै कैलालीका अन्य ठाउँका १६१ जना र अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता श्रेष्ठकाअनुसार हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये तीन जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा थप १४ जना अस्पतालमा भर्ना भएका छन् भने ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप चार जना संक्रमितको मृत्यु भएको छ।
२३ वैशाख २०७८, बिहीवार १६:५२ बजे प्रकाशित














