देशभर थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
पछिल्लो २४ घण्टायता देशभर पाँच हजार ७२७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनामा गरिएको पीसीआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।
शुक्रबार देशभर ९२८ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् । २४ घण्टामा देशभर ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१७ वैशाख २०७८, शुक्रवार १७:४३ बजे प्रकाशित













