punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना पुष्टि, आधाभन्दा बढी संक्रमित धनगढीकै

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको कोरोना परीक्षणमा थप १०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये आधा भन्दा बढी धनगढी उपमहागनरपालिका भित्रका छन् ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । जम्मा संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै ५८ जना छन् ।

यस्तै धनगढीबाहेक जिल्लाका अन्य ३८ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार हाल अस्पतालमा ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आईसीयूमा र ३५ जनाको अक्सिजनको सहायतामा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


१७ वैशाख २०७८, शुक्रवार १७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु