punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका निजी अस्पतालमा पनि कोरोना वार्ड, प्रतिबिरामी दैनिक १५ हजारसम्म खर्च

Chaupati
safha napa

कैलालीका निजी अस्पताल पनि कोरोना वार्ड सञ्चालन गर्न तयार भएका छन् । कोरोना संक्रमण बढेपछि प्रदेश सरकारको आग्रहमा यहाँका निजी अस्पतालहरु संक्रमितको उपचारका लागि कोरोना वार्ड सञ्चालन गर्न सहमत भएका हुन् ।

प्रदेश निजी अस्पतालले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालनका लागि प्रदेश सरकाससंग सहमति भएको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन)का अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।

उनकाअनुसार धनगढीका नवजीवन अस्पताल र अत्तरियाको पदमा अस्पताल १०÷१० बेडको कोरोना वार्ड सञ्चालन गर्ने भएका छन् । त्यस्तै, धनगढीको माया मेट्रो अस्पताल, कैलाली अस्पताल, निसर्ग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र ओम आशा अस्पतालले ५÷५ बेडको वार्ड सञ्चालन गर्ने भएका छन् ।

वार्ड सञ्चालन शुक्रबारदेखिनै सुरु गरिने अध्यक्ष जोशीले बताए । सुदूरपश्चिमका दुई ठूलो सरकारी अस्पताल सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल संक्रमितले भरिभराउ भएपछि प्रदेश सरकारले निजी अस्पतालसंग सहकार्य गरेको हो ।

निजी अस्पतालमा हुने खर्च भने सरकारले व्यहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनकाअनुसार सामान्य प्रकृतिको बिरामीको दैनिक प्रतिबिरामी ३ हजार ५ सय लाग्नेछ भने जटिल लक्षण भएका विरामीको ७ हजारदेखि १५ हजारसम्म तोकिएको छ । सो रकम प्रदेश सरकारले निजी अस्पताललाई उपलब्ध गराउनेछ ।

 


१७ वैशाख २०७८, शुक्रवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु