Hotel Flora Long Ad

पछिल्लो २४ घण्टामा १२ सय बढी कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यही अवधिमा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।


६ वैशाख २०७८, सोमवार १७:३८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु