कैलालीको दुर्गालक्ष्मी सामुदायिक वनमा आगलागी

कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वनमा आगलागी भएको छ । सुख्यायाम सुरु भएयता आगलागीका घटना बढ्दै गएका हुन ।

अत्तरिया बजार क्षेत्र संगै जोडिएको उक्त सामुदायिक वनमा १ महिना यता ५ पटक आगलागी भईसकेको वनकी अध्यक्ष दुर्गा कडायतले जानकारी गराइन।

उनका अनुसार आगलागी हुने वितिकै वनका उपभोक्ता, स्थानिय र नगरपालिकाको सहयोगमा निभाउने गरेकाले ठूलो क्षति भने हुन भएन् ।

‘आगो लाग्ने वितिकै हामीले निभाउन गईहाल्छौ । त्यै पनि आगो ५÷६ कट्टा क्षेत्रफलमा आगो फैलिसकेको हुन्छ । वनका उपभोक्ता, स्थानिय र दमकलले आगो निभाउने गरेको उनले बताईन । आगो लगाउने मानिस भने अहिले सम्म पत्ता लगाउन सकिएको छैन ।’

उक्त वन १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बजार नजिकैको वनमा आगलागीका घटना बढ्दै जादा नजिकै रहेका घर समेत जोखिममा परेका छन ।


३ वैशाख २०७८, शुक्रवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु