punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद रावल बस्ने घरमा ढुङ्गा हानेको अभियोगमा एक जना पक्राउ

Chaupati
safha napa

नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा राति ढुङ्गा हानेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका युवकले सांसद रावललाई लक्षित गरेर नहानेको र घरबेटीको रिसले ढुङ्गा हानेको बताएका छन्।

उनीहरूले सांसद ज्युलाई लक्षित गरेर हानेको देखिदैंन। जुन घरमा बस्नुहुन्छ त्यहाँको घरबेटीसँगको रिसले हानेको देखियो, महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी गराए। सांसद रावलले राज्य व्यवस्था समितिको बैठकमा आफ्नो घरमा ढुङ्गा हानेको जानकारी गराएका थिए। त्यसो त उनले राति नै प्रहरीलाई खबर गरेको समेत बताए।

एसएसपी खापुङ्का अनुसार प्रहरीले पक्राउ गरेका युवकको मोटरसाइकले सांसद रावल बस्ने घरका घरबेटीले छेउमा राख्न नदिएको र हावा खोल्दिएपछि उनीहरूले ढुङ्गा हानेको छ।


२ वैशाख २०७८, बिहीवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु