कञ्चनपुरमा करिब ३ लाख मुल्य बराबरको सामानसहित मोटरसाइकल बरामद
कञ्चनपुरमा करिब ३ लाख मुल्य बराबरको सामानसहित मोटरसाइकल प्रहरीले बरामद गरेको छ । बिहीबार जिल्लाको बेलौरी र डोकेबजारबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानसहित मोटरसाइकल बरामद प्रहरीले बरामत गरेको हो ।
अवैध रुपमा ल्याइएका चैनस्पोकेट, हेण्डील कोन, सक्कर सिल, मोटरगार्ड, ब्रेकतार, मिटरतार, बेरिङ, पल्सर हेण्डिलकोन, सिसा, बम्फर, एडप्टर, बनोट लक, स्ट्याग र्याकसहित लु६प२७९२ नम्बरको पल्सर मोटरसाइकल र यूपी ३१ विएच ७५६५ नम्बरको हिरो मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको छ ।
२७ चैत २०७७, शुक्रवार १५:५४ बजे प्रकाशित































