गृहमन्त्री थापा पार्टीबाट निष्कासित
नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा बादल दलबाट निष्कासित भएका छन् । गृहमन्त्री समेत रहेका राष्ट्रियसभा सदस्य थापा माओवादी केन्द्रबाट निष्कासित भएका हुन् ।
थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन्। माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो।
२७ चैत २०७७, शुक्रवार १४:५९ बजे प्रकाशित































