डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको एैरी गाउँकी ४० वर्षीया नारु देवी ऐरको मृत्यु भएको हो ।

बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी गराए। एैरी गाउँकै ३० वर्षीया सारदा ऐर र ३० वर्षीया कमला ऐर घाइते भएका हुन ।

घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


१८ चैत २०७७, बुधवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु