कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ
कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको पुनर्वास नगरपालिका–२ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
१८ चैत २०७७, बुधवार १५:४५ बजे प्रकाशित












