भारतमा एकै दिन थपिए वर्षकै धेरै कोरोना संक्रमित

भारतमा एकै दिन वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन् । थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।

हालसम्म भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अब सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ ।

यस्तै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।


१९ चैत २०७७, बिहीवार ०८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु