punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हरिप्रिया-प्रकाश फाउन्डेसनले २०१ जनालाई छात्रवृत्ति दिँदै

Chaupati
safha napa

हरिप्रिया-प्रकाश फाउन्डेसनले देशभरका २०१ जनालाई छात्रवृत्ति दिने भएको छ ।
फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका १ सय जना, कर्णाली प्रदेशका ५० र अन्य प्रदेशका ५१ गरि कुल २०१ जनालाई छात्रवृत्ति दिन लागेको हो ।

त्रिभुवन विश्व विद्यालय सम्बन्धन प्राप्त बीबीएम/बीबीएस पढाई हुने प्राइभेट क्याम्पसमा शैक्षिकसत्र २०७८ का लागि छात्रवृत्ति दिन लागिएको फाउन्डेसनका क्षितिज भण्डारीले जानकारी दिए ।

उनका अनुसार नयाँ भर्ना हुन चाहने २०१ भन्दा बढी विद्यार्थीलाई कुनै शुल्क, सिफारिस र प्रतिस्पर्धा बिना नै काठमाडौमा न्युनतम १ लाख छात्रवृत्ति छुट, आवश्यकतानुसार ५०% अर्ध र १००% पूर्ण छात्रवृत्ति छुटको सम्झौता गरिसकेको छ।
यो विद्यार्थी कल्याणकारी योजनाको अन्तिम मिति २०७७ चैत्र १५ हुनाले सो भित्र सुविधाहरू लिनलाई मोबाइलमा मेसेज मार्फत विद्यार्थीको पूर्ण बिवरण पठाउन वा सचिवालयमा आउन आग्रह गरिएको छ । जानकारीका लागि ९८५१०८६७७६ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।


१३ चैत २०७७, शुक्रवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु