punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो चरणकाे कोरोना भाइरसविरुद्धको खोप वैशाखमा लगाउने

Chaupati
safha napa

नेपाल सरकारले कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज (खाेप) लगाउने भएकाे छ। २०७८ वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज(खाेप) लगाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बुधबार मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज लगाउने निर्णय गरेको हो। पहिलो चरणको खाेप अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। लक्षित समूहको करिब ८५ प्रतिशतले खोप लगाएकाे जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी जानकारी गराए।

दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागसरिकलाई सूचनापछि प्रकाशन गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम स्थगित गरेको छ। थप खोप प्राप्त हुनासाथ निरन्तरता दिइने बताए। खरिद र अनुदान गरी २३ लाख ४८ हजार डोज खोप आएको छ।


५ चैत २०७७, बिहीवार ०६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु