माधव पक्षले फोड्यो कैलाली जिल्ला पार्टी कार्यालयको ताला
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज र अध्यक्षको ‘नेम प्लेट’का विषयमा भएको विवाद र कुटाकुटपछि माधव पक्षले कैलाली जिल्ला पार्टी कार्यालयको ताला फोडेको छ ।
कुटाकुट भएकै दिन माधव समूहका नेता कार्यकर्ताहरुले ओली समूहले लगाएको ताला फोडेर आफ्नो ताला लगाउँदै अध्यक्षको कार्यकक्ष नियन्त्रणमा लिएको हो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा बुधबार दुई समूहबीच कुटाकुट भएको छ । पार्टी कार्यालयमा प्रदेश इन्चार्जका रुपमा राखिएको लेखराज भट्टको ‘नेम प्लेट’ अर्को माधव पक्षधहरुले तोडफोड गरेपछि त्यसको प्रतिकारमा ओली समूह उभिदा दुई समूहबीच कुटाकुट भएको हो ।
सर्वोच्चले तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र व्युताएपछि झन अवस्था तनावपूर्ण बनेको छ । ओली समूह पेलेरै जाने मनसायका साथ अगाडि बढिरहेको छ भने माधव समूह प्रतिकारमा उत्रिरहेको छ ।
२६ फागुन २०७७, बुधवार १८:०३ बजे प्रकाशित































