एमाले सुदूरपश्चिममा ‘नेम प्लेट’का विषयमा विवाद, दुई समूहबीच कुटाकुट
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा बुधबार दुई समूहबीच कुटाकुट भएको छ ।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जका रुपमा राखिएको लेखराज भट्टको ‘नेम प्लेट’ अर्को माधव पक्षधहरुले तोडफोड गरेपछि त्यसको प्रतिकारमा ओली समूह उभिदा दुई समूहबीच कुटाकुट भएको हो ।
उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए ।
विवाद बढ्दै गएपछि हात हालाहाल भई कुटाकुटको अवस्था सृजना भएको हो । अवस्था थप तनावपूर्ण भएपछि प्रहरीले उनीहरुलाई छुट्याएको थियो । अहिले प्रदेश पार्टी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
२६ फागुन २०७७, बुधवार १७:४० बजे प्रकाशित































