पार्टी कार्यालयमा नेतृत्वको लडाई, लेखराज भट्ट र कर्ण थापाको ‘नेम प्लेट’ कुकुरको घाँटीमा
सुदूरपश्चिममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु कसलाई नेता मान्ने भनेर पार्टी कार्यालयमा कुटाकुट गरिरहँदा ‘नेम प्लेट’ भने कुकुरको घाँटीमा पुगेको छ ।
नेतृत्वमा रहन ‘नेम प्लेट’कै लागि कुटाकुट भैरहँदा कैलाली जिल्ला पार्टी कार्यालय नजिकै एक कुकुरको घाँटीमा ‘लेखराज भट्ट इन्चार्ज’ र ‘कर्ण थापा अध्यक्ष’ लेखिएको ‘नेम प्लेट’ झुण्ड्याइएको अवस्थामा देखिएको हो ।
बुधबार नेकपा सुदूरपश्चिम प्रदेश कार्यालयमा ओली पक्षधरले प्रदेश इन्चार्जको रुपमा लेखराज भट्ट र अध्यक्षको रुपमा कर्ण थापाको नाममा लगाइएका ‘नेम प्लेट’ माधव पक्षले तोडफोड गरेपछि बुधबार कुटाकुट भएको थियो ।
२६ फागुन २०७७, बुधवार १८:४४ बजे प्रकाशित































