डोटीमा मृत भेटिएका शिक्षकको शव आफन्तले बुझ्न मानेनन्

डोटीमा मृत भेटिएका शिक्षकको शव आफन्तले बुझ्न मानेका छैन ।

जिल्लाको जोरायलमा मृत अवस्थामा भेटिएका शिक्षकका आफन्तले शव बुझ्न अस्विकार गरेका हुुन । विहिबार जोरायल गाउँपालीका २ बुडर नजिकै जोगबुढा जाने सडकखण्डको करिव ५ मिटर तल अन्दाजी २७ वर्षिय शिक्षक डम्बर भट्टराइको शव भेटिएको थियो ।

भट्टराइका आफ्न्तले घटनाको सत्यतथ्य अनुसन्धान पछि मात्रै शव बुझ्ने अडान लिएका छन ।
शिक्षको हत्या भएको आशंका गर्दै आफन्तले पोष्टमार्टम रिपोर्ट नआउँदासम्म शव नबुझ्ने बताए।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार मृतकको शरिरमा कुनै बाहिरी चोटपटक नदेखिएकाले घटनाबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने छ । शव पोष्टमार्टमपछि डडेल्धुरा अस्पतालमा राखिएको छ ।


२२ फागुन २०७७, शनिवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु