सुदूरपश्चिमसहित उच्च हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
समग्रमा आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राती प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
२२ फागुन २०७७, शनिवार ०८:२१ बजे प्रकाशित













