विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।
राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएकोमा आफूलाई निकै दुःख लागेको बताए ।
उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।एजेन्सीको सहयोगमा
१९ फागुन २०७७, बुधवार १४:१९ बजे प्रकाशित













